१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २३ मंगलबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनतामाथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न : राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार १७:१४:oo

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनतामाथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन्।  मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले यस्तो बताएका हुन्। 

उनले विद्युत् उत्पादक व्यवसायीहरूसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरू बनाउन दिन नहुने बताए। 

सरकारले जनतालाई पेलेर जलविद्युत् परियोजनाहरू निजी क्षेत्रलाई दिए सांसदहरूले नै अवरोध गर्ने बताउँदै अध्यक्ष राउतले बताए। कुनै पनि विकास जनताको लागि गर्ने भएकाले जनताको पक्षमा हुनुपर्ने उल्लेख गरे। 

विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरू आउनु नहुने उनको भनाइ थियो। उनले परियोजनाहरूको वातावरण परीक्षण मूल्यांकन गर्दा इमान्दारीपूर्वक गराउन सुझाव दिए। 

कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नभएको बताउँदै उनले निजी क्षेत्रले लाभका लागि लगानी गर्ने भएकाले विद्युत् उत्पादनको लागि संकटकाल लगाउन आवश्यक नभएको औँल्याए। 

उनले अनावश्यक रूपमा संकटकाल लगाएरै ऐन कानुनहरू उल्ल‌ंघन गरेर जनतामाथि  डोजर चलाएर परियोजना पास गर्ने रणनीतिमा निजी क्षेत्र नलाग्न आग्रह गरे।