१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० श्रावण २३ मंगलबार १५:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार र गौर हत्याकाण्डपीडितबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० श्रावण २३ मंगलबार १५:०४:००

सरकार र गौर हत्याकाण्डकापीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ।

गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

स‌ंघर्ष समितिका अध्यक्ष रूपसागर देवी उपाध्याय र गृह मन्त्रालयबीच आज पाँचबुँदे सहमति भएको हो। मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता भट्टराई र संघर्ष समितिका अध्यक्ष उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। 

सहमतिपत्रमा अनुसार गौर घटनाको विषयमा दर्ता भएको जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनिएको छ।

यस्तै, उक्त घटनामा मृत्युवरण गरेर सहिद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने र छुटेकालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको छ। 

रौतहट जिल्लामा सहिद स्मारकस्तम्भ निर्माणको प्रक्रिया चालू आर्थिक वर्षमा अघि बढाउने, घाइते भएका उपचाररत व्यक्तिलाई उपचारका लागि उचित प्रबन्ध तथा आर्थिक सहायता उपलब्ध गराउनेमा सहमति भएको हो।