१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : सुजन पाख्रिनको फेसबुकबाट
२o८१ बैशाख २० बिहीबार १२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागमतीकाे बाढीले मदन भण्डारी राजमार्गमा क्षति  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o६:oo

मकवानपुरको बागमती गाउँपालिका– ४  लमकानामा बागमती नदीले मदन भण्डारी राजमार्ग (धरान-चतरा सडक)को केही भाग बगाएको छ। 

लगातार परेको पानीका कारण बागमती नदीमा आएको बाढीले मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने बागमती पुलनजिकैको सडक बागमती नदीले भत्काएको हो।

बाढी नदीकिनार रहेका घरहरूमा समेत पसेको छ। बाढी आएपछि त्यस स्थानमा रहेका ६ घरका मानिस अन्यत्र सरेकाले कुनै मानवीय क्षति भने नभएको स्थानीय सञ्चारकर्मी विशालराज राईले जानकारी दिए।

बाढीले सडक कटान गरेपछि यस सडकखण्ड भएर चल्ने ठूला सवारीसाधन बाटोमै रोकिएका छन्। मोटरसाइकलसम्म आवतजावत गर्न सक्ने अवस्था रहेको बागमती गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाले जानकारी दिए।
 

ad
ad