१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Saturday, 28 September, 2024
२o८o श्रावण २२ सोमबार १२:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुईपटक मूल्य घटाउँदा पनि ताप्लेजुङमा घटेन ग्यासको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १२:१७:oo

ताप्लेजुङमा एलपी ग्यासको मूल्य व्यापारीहरूले घटाएका छैनन् । सरकारले खाना पकाउने ग्यासको मूल्य छोटो समयमा नै दुईपटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका छन् । सदरमुकाम फुङलिङ बजारका स्थानीय व्यापारीले पुरानै मूल्यमा ग्यास बिक्री गर्दै आएका कारण उपभोक्ता मारमा परेका छन् । सरकारले ग्यासको मूल्य घटाउँदा केही सहुलियत मिलेको अनुभूत गरेको भए पनि व्यापारीले मूल्य नघटाउँदा आफूहरू मारमा परेको सर्वसाधारण उपभोक्ताको गुनासो छ ।

फुङलिङ बजारमा स्थानीय व्यापारीले ग्यास पुरानै मूल्य प्रतिसिलिन्डर दुई हजार एक सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् । ग्यासको स्थानीय बजार मूल्य केन्द्रको भन्दा धेरै महँगो रहेको छ । ढुवानी खर्चका आधारमा ग्यास महँगोमा बिक्री गर्नुपर्ने अवस्था रहेको व्यापारी बताउँछन् ।

आयल निगमले पछिल्लोपटक गएको मंगलबार ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय ३० रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले मूल्य घटाएपछि केन्द्रमा एउटा ग्यास सिलिन्डरको मूल्य एक हजार ६ सय ६० रुपैयाँ कायम भएको छ । त्यस्तै, गत असार ३१ गते प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घट्दा केन्द्रमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार सात सय ९० रुपैयाँ भएको थियो । 

निगमले दुई–दुईपटक ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने नघटाइएको अर्थात् पुरानो मूल्यमै बिक्री गरिँदै आएको हो । ढुवानी रकम केही वृद्धि भएकाले ग्यास पुरानै मूल्यमा बिक्री गर्दै आएको स्थानीय व्यापारी बताउँछन् ।   यता ग्यास सिलिन्डरको स्थानीय बजार मूल्य र हालको बिक्री–वितरणको अवस्थाबारे जिल्ला बजार अनुगमन समिति बेखबर रहेको छ । समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले ग्यासको बिक्री मूल्यका सम्बन्धमा अहिलेसम्म कसैले कुनै जानकारी नदिएको बताए ।