१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २२ सोमबार ०८:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पुलिस रिपोर्ट अब अनलाइनबाटै प्रमाणीकरण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २२ सोमबार ०८:५५:००

 प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अब अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएको छ । कन्सुलर सेवा विभागले आइतबारदेखि यो सेवा प्रारम्भ गरेको हो । यो सेवा शुभारम्भ भएसँगै पुलिस रिपोर्ट बनाउन काठमाडौं नै धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार विभागमा आयोजित एक कार्यक्रमबीच अनलाइन प्रमाणीकरण सेवा प्रारम्भ गरेका हुन् । अब अनलाइनबाटै फाराम भरी शुल्क तिरी कन्सुलरको छापसहितको प्रहरी रिपोर्ट अनलाइनबाट नै प्राप्त गर्न सकिने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए । उनले अनलाइनबाट सेवा प्रारम्भ भएपछि भौतिक रूपमा हुने भिड स्वतः कम हुने र सेवा लिन सहज हुने बताए ।

हाल कन्सुलर सेवा लिनका लागि त्रिपुरेश्वरस्थित विभाग कार्यालयमा अत्यन्तै भिड हुने गरेको छ । अनलाइनबाटै प्रमाणीकरण हुने भएपछि भिड घट्नेछ । सेवाग्राहीले मोबाइल वा कम्प्युटरबाट विभागको वेबसाइटमा गएर प्रमाणीकरणका लागि फाराम भर्न सक्नेछन् । त्यसपछि विभागले प्रमाणीकरण गर्नेछ र त्यसको लिंक म्यासेजमा पठाउनेछ । त्यसलाई डाउनलोड गरेर रंगीन प्रिन्ट गर्नुपर्नेछ । परराष्ट्रमन्त्री साउदले यस प्रकारको सेवा प्रारम्भले दुर्गमका बासिन्दालाई सबैभन्दा बढी लाभ पुग्ने र कार्यालयको अनावश्यक भिड कम हुने बताए । विभागले एक वर्षमा तीन लाख ९१ हजार दुई सय १४ वटा पुलिस रिपोर्ट प्रमाणीकरण गरेको थियो ।