१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २१ आइतबार १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुलिस रिपोर्ट अब अनलाइनबाटै प्रमाणीकरण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार १२:o६:oo

प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अब अनलाइनबाटै प्रमाणीकरण हुने भएको छ। कन्सुलर सेवा विभागले आइतबारदेखि यो सेवा प्रारम्भ गरेको हो।

परराष्ट्रमन्त्री एनपी साउदले विभागमा आयोजित एक कार्यक्रमबीच अनलाइन प्रमाणीकरण सेवा प्रारम्भ गरेका हुन्। अब अनलाइनबाटै फारम भरी शुल्क तिरी कन्सुलरको छापसहितको प्रहरी रिपोर्ट अनलाइनबाट नै प्राप्त गर्न सकिने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले बताए। उनले अनलाइनबाट सेवा प्रारम्भ भएपछि भौतिक भिड कम हुने र सेवा लिन सहज हुने जानकारी दिए।

कन्सुलरले बिदाको दिनमा पनि सेवा प्रवाह गरेको महानिर्देशक पौडेलको भनाइ थियो। पछिल्लो एक वर्षमा तीन लाखभन्दा बढीले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सेवा लिएका छन्। परराष्ट्रमन्त्री साउदले यस प्रकारको सेवा प्रारम्भले  दुर्गमका बासिन्दालाई झन् सहज र कार्यालयको अनावश्यक भिड कम हुने बताए।