मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २० शनिबार
  • Friday, 27 December, 2024
गगन अयडी बाजुरा
२o८o श्रावण २० शनिबार १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालयका स्काउटले गरे फोहोरले दुर्गन्धित मार्तडी सफाइ

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o श्रावण २० शनिबार १३:१२:oo

फोहोरले दुर्गन्धित बनेको जिल्ला सदरमुकाम मार्तडी बजार स्काउट विद्यार्थीहरूले सरसफाइ गरेका छन्। स्काउटमा आबद्ध मालिका नमुना माविका विद्यार्थीहरूले मार्तडी बजार सरसफाइ गरेका हुन्।

बजारमा फोहरको मात्रा बढेपछि ८० जना ‘स्काउट’ले दिनभर मार्तडी बजार सरसफाइ गरेका हुन्। नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाको नेतृत्वमा सरसफाइ गरिएको हो। जताततै फोहोरमैला बढेकाले स्काउट विद्यार्थीलाई सरसफाइ गर्न अग्रसर गराइएको मालिका स्काउट शिक्षक मीनबहादुर अयडीले जानकारी दिए।

रातको समयमा स्थानीयले सार्वजनिक स्थलमा फोहर फाल्ने र उठाउन कसैले पहल नगर्ने भएपछि फोहोरको मात्रा बढेको हो। पालिकाले समेत फोहर संकलनमा चासो दिएको देखिँदैन। घरबाट निस्केका फोहर स्थानीय आफैँले टिप्परमा हाल्ने भएपछि सार्वजनिक स्थल दुर्गन्धित देखिएको स्थानीय गोपाल कार्कीले बताए।

‘सदरमुकामजस्तो अति संवेदनशील ठाउँमा बडीमालिका नगरपालिकाको कार्यालयअगाडि नै यस्तो फोहोर हुँदा नगर प्रमुखलगायतको टोली कानमा तेल हालेर बसेको छ,’ उनले असन्तुष्टि पाेखे।

मालिका मन्दिर परिसर, बाजुरा जिल्ला अस्पताल, खुलामञ्च र खेलकुद परिसरको फोहोर स्काउटले संकलन गरेको हो। जिल्ला सदरमुकाम सफा नहुनुमा पालिका नै जिम्मेवार नदेखिएको सर्वसाधारणको आरोप छ। अघिल्लो कार्यकालमा सञ्चालन गरिएको बृहत् सरसफाइ अभियानले निरन्तरता नपाउँदा समस्या देखिएको उनीहरूको भनाइ छ।