१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भिजी इम्पेक्स र प्रभु बैंकबीच वित्तीय सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२५:oo

भिजी इम्पेक्सले एभरेष्ट बैंकसँग जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ इभीका लागि वित्तीय (फाइनान्सिङ) सम्झौता गरेको छ । उक्त सम्झौतामा भिजी इम्पेक्स जिडब्लुएम नेपालका भाइसप्रेसिडेन्ट रूपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख बिजनेस अफिसर रेनुप्रसाद पाण्डेले इलेक्ट्रिक गाडी ओरा ०३ इभीमा फाइनान्सिङ सुविधा दिने विषयमा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकले १२.०६ प्रतिशत ब्याजदरसहित अटो कर्जा प्रदान गर्नेछ र बैंकले आफ्नो निर्णयका आधारमा ब्याजदर समायोजन गर्न सक्नेछ । अटोलोन फाइनान्सिङका लागि, बैंकले व्यक्ति र फर्म दुवैका लागि कर्जा रकमको ८० प्रतिसम्म उपलब्ध गराउनेछ । यसको नियमित अधिकतम कर्जा अवधि पाँच वर्ष हो, तर विशेष अवस्थामा सात वर्षसम्म बढाउन सकिन्छ । ०.७५ प्रतिशतको प्रशासन शुल्क बैंकद्वारा चार्ज हुनेछ ।

ad
ad