१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० श्रावण १८ बिहीबार १०:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गणपति वनस्पति र नबिल बैंकबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० श्रावण १८ बिहीबार १०:४८:००

नबिल बैंकले लक्की ग्रुपअन्तर्गतको खानेतेल प्रशोधन गर्ने गणपति वनस्पति लिमिटेडका आधिकारिक डिलर तथा विक्रेतालाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ । मंगलबार  गणपति वनस्पति लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्षद्वय श्रवणकुमार मोर र राजकुमार मोर । 

साथै, कार्यकारी निर्देशकहरू अनन्ता मोर, क्रषिराज मोर, राजीव मोरलगायतको उपस्थिति थियो । त्यस्तै, बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरू मनोज ज्ञवाली, सुजित शाक्य, भूपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाहलगायतका कर्मचारीको उपस्थिति थियो । 

नेपाल गुणस्तर चिह्न तथा आइएसओ ९००१ः२०१५, १४००१ः२०१५ प्राप्त उद्योगले सफारी र रामदेव ब्रान्डहरूमा प्रशोधित सन्फ्लावर तेल, सोयाबिन तेल, तोरीतेल र पामोलिन तेल बिक्री गर्दै आएको छ । हालै मात्र नेवारी प्लस ब्रान्डलाई पनि बजारमा ल्याएको छ । मेक इन नेपाल स्वदेशी अभियानमा संलग्न, नेपालकै सबैभन्दा ठूलो घिउतेल उत्पादन गर्ने यस गणपति वनस्पति लिमिटेड सर्वाधिक निर्यातकर्ता भई लगातार तीनपटकसम्म नेपाल उद्योग परिसंघबाट सम्मानित पनि भएको छ ।