१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘प्रदेशलाई पूर्ण रूपमा आर्थिक र प्रशासनिक स्वायत्तता दिनुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:३४:oo

बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्ण रूपमा दिनुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अझै पनि सबै साधन, स्रोत र शक्ति संघ सरकारसँगै रहेको उल्लेख गर्दै पाठकले प्रदेश सरकार पनि संघमा नै आश्रित हुनुपर्ने अवस्था आएको बताए। यसका कारण प्रदेश संकुचित हुनुपरेको उनको भनाइ थियो।

‘मूल समस्या संघमा छ। संघ हाम्रो अभिभावक हो। सबै साधन, स्रोत, शक्ति पनि सबै संघमै छ। संघ अलि उदार हुनुपर्छ। राजनीतिक रूपमा संघीयतामा हामी धेरै हदसम्म सफल भयौँ। तर, आर्थिक स्वतन्त्रता र प्रशासनिक स्वतन्त्रता, त्यो अझसम्म पनि सम्भव भएको छैन,’ सभामुख पाठकले भने।

आर्थिक र प्रशासनिक अधिकार नपाउँदा प्रदेशले आफ्नो उद्देश्य पूरा गर्न नसकेको उनले बताए। पाठकले आर्थिक र प्रशासनिक अधिकार नदिइएसम्म प्रदेश सभा स्वतन्त्र र स्वायत्त हुन नसक्ने प्रस्ट पारे।
 

ad
ad