
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिँदै सत्ताको फोहाेरी खेलमा नलाग्न आग्रह गरेका छन्।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै थापाले पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ताकेन्द्रित नभई विचार र आदर्शकेन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे।
उनले लिङ्देनलाई याे व्यवस्था फाल्न सँगै सडक आन्दोलनमा आउन प्रस्तावसमेत गरे। थापाले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्यका लागि जनआन्दोलनको विकल्प छैन। राप्रपाले सडकमा आउने हिम्मत गरोस्। हामी सँगै आन्दोलनमा जान तयार छौँ। नेतृत्व समस्याको विषय होइन।’