१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नौ महिनापछि थुनामुक्त भए लालबहादुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२८:oo

बैंकिङ कसुर र ठगी मुद्दामा जेल परेका इटहरी उपमहानगरपालिका– १९ ब्रह्मपुरका लालबहादुर विश्वकर्मा बुधबार रिहा भएका छन्।

जिल्ला अदालत सुनसरीको फैसलापछि करिब नौ महिना झुम्का कारागारमा रहेका श्रमिक विक बुधबार दिउँसो कारागारबाट मुक्त भएका हुन्।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी थुनामुक्त भएका हुन्। जिल्ला अदालत सुनसरीको गत १९ पुस ०७८ को आदेश उल्ट्याएर मंगलबार नै उच्चले थुनामुक्त गर्न आदेश दिएको थियो।

नौ महिनाअघि जिल्ला अदालतले लालबहादुरलाई बैंकिङ कारोबार मुद्दामा तीन करोड १४ लाख बिगो, ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना जेलसजाय सुनाएको थियो।

लालबहादुर इटहरी उपमहानगरपालिकास्थित तरहरामा दीपक गजमेरसहितको सिंहदेवी ज्वेलर्समा श्रमिकको रूपमा काम गर्थे। 
 

ad
ad