१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो : लालबहादुरलाई थुनामुक्त गर्न आदेश, आज रिहा हुँदै

Read Time : < 1 मिनेट
गणेश लम्साल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o६:oo

गैरबैंकिङ कसुर र ठगी मुद्दामा जेल परेका इटहरीका श्रमिक लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी बुधबार थुनामुक्त हुने भएका छन् । जिल्ला अदालत सुनसरीको १९ पुस ०७८ को आदेश उल्ट्याएर उच्चले थुनामुक्त गर्न आदेश दिएको हो  । 

जिल्ला अदालतले नौ महिनाअघि लालबहादुरलाई गैरबैंकिङ कारोबार मुद्दामा तीन करोड १४ लाख बिगो, ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना जेलसजाय सुनाएको थियो । लालबहादुरसँगै कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्माले पनि गैरबैंकिङ कसुरमा सफाइ पाएका छन्, तर ठगी मुद्दामा भने सफाइ पाएनन् । तर, दीपक गजमेरको हकमा जिल्ला अदालतकै फैसला (१८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ठगी गरेको बिगो र ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना थुना)ले निरन्तरता पाएको छ ।  

लालबहादुर इटहरी उपपमहानगरपालिकास्थित तरहरामा दीपक गजमेरसहितको सिंहदेवी ज्वेलर्समा काम गर्थे । दीपकले मिटरब्याजमा स्थानीयलाई ऋण लिने दिने र बचत संकलन गराउने कार्य गर्दथे । तर, उनी बचत संकलन गरेको रकम लिएर फरार भए  । बचतको रकम हिनामिना भएपछि २० असार ०७५ असारमा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले १८ करोड ६४ लाख ६६ हजार रुपैयाँ ठगी आरोपमा  विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको कसुरमा मुद्दा चलाएपछि जिल्ला अदालतले सजाय तोकेको थियो । 

ad
ad