१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल चामल, तेल–दाल उद्योग संघमा दुगडको तेस्रो कार्यकाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२९:oo

नेपाल चामल, तेल–दाल उद्योग संघमा नयाँ कार्यसमिति चुनिएको छ । संघको ४४औँ वार्षिक साधारणसभाले कुमुदकुमार दुगड तेस्रोपटक अध्यक्षमा दुई वर्षका लागि निर्विरोध चुनिएका हुन् । साधारणसभाले कार्यसमतिका अन्य पदाधिकारी पनि निर्विरोध चयन गरेको जनाएको छ । चयन भएका अन्य पदाधिकारीहरू निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, प्रथम उपाध्यक्षमा राम थापा, द्वितीय उपाध्यक्षमा राहुल अग्रवाल, महासचिवमा दीपककुमार पौडेल, उपमहासचिवमा धीरज गोल्छा र कोषाध्यक्षमा रतनलाल केडिया रहेको जनाइएको छ ।

विभिन्न निर्णय पारित
साधारणसभाले चामल, दाल, गोडागुडी र तोरी तेल आयात तथा उत्पादनका विषयमा विभिन्न निर्णय गरेको जनाइएको छ । जसअनुसार धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने तथा भारतले चामल निर्यातमा रोक लगाएकाले धान आयातका लागि सरकारसँग मिलेर पहल गर्ने निर्णय भएको संघले जनाएको छ । त्यस्तै, नेपालमा धान उत्पादन बढाउन सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षीय सम्झौतामा काम गर्न पहल गर्ने सभाले निर्णय गरेको छ । 

त्यस्तै, कच्चा र तयारी दालमा कम्तीमा दुई तहको आयात दर कायम गर्न पहल गर्ने निर्णय भएको जनाइएको छ । मुसुरो दाल विदेश निकासी गर्दा दिँदै आएको प्रोत्साहन रकम कायम गर्न पहल गर्ने तथा भारतले शून्य प्रतिशत महसुलमा गेडागुडी आयात गरी सोही गेडागुडी नेपालमा बिक्री गरिरहेकाले दाल आयात रोक्न पहल गर्ने निर्णय भएको संघले जनाएको छ । दाल निकासी गर्दा लाग्ने प्रतिकेजी एक रुपैयाँ निकासी शुल्क घटाउन पहल गर्ने निर्णय पनि भएको छ । 

सभाले तोरी तेलमा मूल्य अभिवृद्धि कर नहट्ने हो भने उद्योग बचाउन त्यसको विकल्प सरकारले सोचिदिनुपर्ने निर्णय भएको जनाइएको छ । सस्तो भएकै कारण तराई क्षेत्रको बजारमा भारतीय तेलले प्रभुत्व जमाएको तथा खुला तेल, प्याकेट वा टिनमा भारतीय कम गुणस्तरका सस्तो तेल खुलेआम जाँचपास नै नगरी नेपाल भित्रिएकोमा सरकारले रोकथाम गर्नुपर्ने माग गरिएको छ । 

ad
ad