मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १५ सोमबार १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी सरुवा स्वचालित प्रणालीमा हुनुपर्छ : मन्त्री ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार १७:४८:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरूको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन्।

आफ्ना नजिकका मान्छेलाई पुरस्कार स्वरूप सजिलो ठाउँमा र अरूलाई दण्डित गरेजस्तो अप्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्ने बताए।

सोमबार एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती सेवालाई पूर्वअनुमानयोग्य बनाउनुपर्ने धारणा राखे। सरुवालाई स्वचालित प्रणालीमा नल्याएसम्म यो विषय सबैको चिन्ताको विषय हुने उनको भनाइ छ।

‘यो मागिखाने भाँडोजस्तो भएको छ। यो सिस्टममा नल्याएसम्म, सिस्टममा नढालेसम्म, स्वचालित नबनाएसम्म यो सबैको टेन्सनको विषय नै हुन्छ। दण्ड र पुरस्कारको रूपमा अथवा कसैलाई दुःख दिनुपर्‍यो, सजाय दिनुपर्‍यो भने अप्ठ्यारो ठाउँ पठाउने। कोही लाइक माइन्डेड छ भने त्यसलाई सजिलो ठाउँ ल्याउने। पुरस्कृत गर्ने र दण्डित गर्ने प्रक्रियाको रूपमा सरुवा प्रणाली लागू भएकोजस्तो देखिन्छ। त्यसैले यो सिस्टममा जानु, स्वचालित गर्नुपर्छ,’ उनले भने।