१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नीतिगत दर घटाएर लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४o:oo

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याएको जिकिर गरेका छन् । आइबिएन मिडियाले काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले नीतिगत दर घटाएर लचिलो कार्यदिशा समातेको बताएका हुन् । 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ७ प्रतिशतको नीतिगत दरलाई घटाएर ६.५ प्रतिशत बनाएको छ । उनले बाह्य क्षेत्रका परिसूचकमा सुधार आएकाले लचिलो मौद्रिक नीति ल्याएको बताए ।  त्यस्तै, चालू आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत राखिएको बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ११ दशमलव ५ प्रतिशतको लक्ष्य लिएको छ ।

गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएकामा यस्तो वृद्धिदर ३ प्रतिशतमा मात्रै सीमित भएको थियो । सरकारले अपेक्षित रूपमा पुँजीगत खर्च गर्न नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलतामा आएको संकुचनका कारण गत वर्ष कर्जा विस्तार न्यून देखिएको राष्ट्र बैंकले बताउँदै आएको छ ।

सरकारले बजेटमा लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदर र साढे ६ प्रतिशत मुद्रास्फीतिको सीमाभित्र राख्ने गरी मौद्रिक नीति तय भएको समेत उनले बताए । चालू आर्थिक वर्षका लागि पाँच खर्ब ६२ अर्बबराबरको कर्जा प्रवाह हुने लक्ष्य राखिएको छ । यो महत्वाकांक्षी नभई मौद्रिक सूचकहरूको विश्लेषणबाट तय गरिएको उनले बताए । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री झपट बोहोराले बैंक तथा वित्तीय संस्था स्वःनियमनमा बस्नुपर्नेमा जोड दिए । विद्यमान अवस्थाको सही आकलन र सुधारका उपयुक्त उपकरणसहित चालू आर्थिक वर्षको मौद्रिक नीति आएको पनि उनको भनाइ थियो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले चालू आर्थिक वर्षका लागि कर्जा विस्तार उत्पादनशील र साना तथा मझौला उद्योगमा लैजान सके त्यसले अर्थतन्त्रको सुधारमा योगदान पुर्‍याउने बताए । 

ad
ad