१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १४ आइतबार १६:४१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

जापानका तीन सहरमा गुन्जिँदै नेपथ्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार १६:४१:oo

शृंखलाबद्ध कन्सर्ट प्रस्तुतिका लागि लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरूमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यही अगस्तको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दै छ।

नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्ट ८ तारिखका दिन प्रस्तुति दिनेछ । त्यसैगरी ब्यान्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउनेछ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक ब्यान्डले आफूलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’मा प्रस्तुत गरेको थियो ।

सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको वेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तर्वार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने गरी झन्डै १५ मिनेट लामो भिडियो रिपोर्ट प्रस्तुत गरेको थियो । कियोस्का साईले तयार पारेको त्यो भिडियोको छोटो अंश एनएचकेको सर्वाधिक महत्वको मानिने ‘प्राइम टाइम न्युज’मै देखाइएको थियो । त्यो यात्रालाई नेपथ्यले भूकम्पपीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रूपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्यान्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहत कोषमा बुझाएको थियो।

जापानमा शृंखलाबद्ध कन्सर्टका लागि टिकट बुकिङ खुला भइसकेको छ। यससम्बन्धी विस्तृत जानकारी नेपथ्यकाे वेबसाईटबाट प्राप्त गर्न सकिन्छ ।