१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Friday, 09 May, 2025
२o८o श्रावण १४ आइतबार १३:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खाणलाई अदालतले दोषी ठहर गरे मात्रै पार्टीले कारबाही गर्छ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार १३:५o:oo

कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताएका हुन्।  

कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारेका हुन्। उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमा समेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए।  

पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उनको भनाइ थियो। उनले भने, ‘पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो।’ 

कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उनले स्पष्ट पारे। उनले भने, ‘निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस छ। आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नुहुँदैन भन्ने पक्षमा कांग्रेस नरहेको उनको भनाइ थियो। रासस