Read Time : < 1 मिनेट
२o८१ बैशाख २४ सोमबार १६:३७:oo
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक २९.७१ अंकले ओरालो लागेर २१२६.४८ मा सीमित भएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२६ अंकले ओरालो लागेर ४०३.८४ मा अडिएको छ।
आज कुल ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४२ करोड ५७ लाखबराबरको कारोबार भएको छ। यस दिन शिवम् सिमेन्टको सेयर १० करोड ५७ लाखको कारोबार भएको छ।