१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कारबाहीको डरले कास्कीले पठायो खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:o१:oo

गण्डकी प्रदेशस्तरीय यू–१६ फुटबल छनोट प्रतियोगिताबाट ४५ जना खेलाडी छनोट भएका छन् । पोखरा रंगशालामा आयोजना भएको दुईदिने छनोट खेलबाट ती खेलाडी छानिएका हुन् ।

यसअघि प्रतियोगिताको उद्घाटन दिन छनोट खेल बहिष्कार गरेको कास्कीले कारबाहीको डरले खेलाडीलाई छनोट खेलमा सहभागी गरायो । प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माको निर्देशनपछि कास्कीका अध्यक्ष उज्जल रञ्जितलाई खेलाडी नपठाएको सम्बन्धमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखले स्पष्टीकरण लिएका थिए ।

स्पष्टीकरणपछि कारबाही हुने डरले अघिल्लो दिन खेल बहिष्कार गरेका रञ्जितले छनोट खेलमा २२ जना खेलाडी पठाएका थिए । एन्फा गण्डकीको महासचिवमा विनोद गुरुङ र कास्की अध्यक्षमा रञ्जित रहेका छन् । कास्कीको निर्वाचनमा गुरुङ रञ्जितसँग अध्यक्षमा पराजित भएका थिए । गुरुङले त्यसपछि प्रदेशको निर्वाचनमा महासचिवमा रञ्जितलाई हराए । अध्यक्ष र महासचिवबीचको ‘इगो’का कारण कास्कीका खेलाडीले पहिलो दिन छनोट खेलमा सहभागी हुन पाएनन् । 

 भुटान पठाउन छनोट खेल
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १५ देखि २५ भदौसम्म भुटानमा यू–१६ फुटबल प्रतियोगिता आयोजना गर्दै छ । नेपाली टोली चयनका लागि प्रदेशस्तरमा छनोट खेल आयोजना भएको हो । गण्डकीसँगै सात प्रदेशबाट छनोट भएका खेलाडीले १६ देखि २० साउनसम्म भदौमा अन्तिम छनोट खेलमा प्रतिस्पर्धा गर्नेछन् । यसै खेलबाट नेपाली टोली घोषणा हुनेछ । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा भएको छनोट खेलमा प्रदेशका ११ मध्ये नौ जिल्लाका २१८ जना खेलाडीले भाग लिएका थिए ।

तनहुँका ४३, गोरखाका ३२, नवलपुरका ३०, पर्वतका २५, स्याङ्जाका २३, कास्कीका २२, मनाङका २, लमजुङका १६ र बागलुङका २५ खेलाडी सहभागी भएका थिए । काठमाडौंमा हुने छनोटमा नवलपुरका १०, कास्कीका ९, गोरखाका ८, तनहुँका ५, स्याङ्जाका ४, लमजुङका ४, मनाङका २, पर्वतका २ र बागलुङका १ जना खेलाडी छनोट भएको संयोजक तथा गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले जानकारी दिए । 


 

ad
ad