१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देशको राजनीतिक अवस्था खराब छ  ः गच्छदार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३२:oo

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताएका हुन्।

नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने गच्छदारको दाबी छ। उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको प्रस्ट पारे।

‘नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरीमा फसेको छ । नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ । नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ । नेपाली कांग्रेसको पाइलट सभापति हो, अरू पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन् । गुट–उपगुटमा नेपाली कांग्रेस नराम्रोसँग फसेको छ । देशको राजनीतिको अवस्था खराब  छ,’ उनले भने।

ad
ad