पहिराेले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका– २ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र चार वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका उनीहरूको मृत्यु भएको हो। पहिराेले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन्। पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ। रासस