१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पाकिस्तान एले दिएको ३५३ रन पछ्याउँदै भारत ए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:५६:oo

एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ को उपाधि रक्षाका लागि चिरपरिचित प्रतिस्पर्धी भारत ए र पाकिस्तान ए भिडिरहेका छन्। 
डिफेन्डिङ च्याम्पियन पाकिस्तान ए उपाधि रक्षाको अभियानमा छ भने भारत ए सन् २०१३ पछि पहिलोपटक उपाधि उचाल्ने प्रयासमा छ। 

कोलम्बोमा जारी फाइनलमा अहिले भारत ए ब्याटिङ गरिरहेको छ। टस पहिले ब्याटिङ गर्दै पाकिस्तान एले दिएको तीन सय ५३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारत एले १६ ओभरमा दुई विकेट गुमाएर एक सय तीन रन बनाएको छ। अहिले क्रिजमा कप्तान एस धुल र उपकप्तान अभिशेख शर्मा ब्याटिङ गरिरहेका छन्।

टस जितेर भारत एले पहिले फिल्डिङ रोजेपछि पाकिस्तान ए ब्याटिङमा आएको थियो। पाकिस्तान युवा टोलीले विस्फोटक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा तीन सय ५२ रन बनायो। 

पाकिस्तान एका लागि तैयब ताहिरले ७१ बलमा एक सय ८ रनको विस्फोटक इनिङ खेले। ६६ बलमै शतक प्रहार गरेका उनले समग्रमा चार छक्का र १२ चौका प्रहार गरे।

यस्तै, सहिबजादा फरहान र सैम अयुबले पनि उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः ६५ र ५९ रन बनाए। पाकिस्तानी युवा ब्याटरसामु भारत एका कुनै पनि बलरले उत्कृष्ट बलिङ गर्न सकेनन्। 

ad
ad