१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गच्छदारको प्रस्ताव- नीति अधिवेशन असोजमा गरौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३२:oo

कांग्रेस नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्न प्रस्ताव गरेका हुन्। नीति अधिवेशनमा पार्टीको आगामी दिशाबारे माथिबाट नै बहस हुनुपर्ने उनको तर्क थियो। 

उनले भने, ‘देशको राजनीति बिग्रिएको छ। अझै बिग्रिन्छ देशको राजनीति । बिग्रिरहेको राजनीतिक परिवेशमा कांग्रेसले कसरी अगाडि बढ्दा राम्रो हुन्छ भनेर यो चानचुने विषय होइन। एक नम्बरको एजेन्डामा देशको समसामयिक राजनीतिक विषयमा छुट्टै बैठक राखियोस्। समयमै नीति अधिवेशन गर्नुस्। सक्नुहुन्छ भने असोजमा गर्नुस्। सक्नुहुन्न भने कात्तिकमा चाडपर्व छ, मंसिरमा गर्नुस्। नीति अधिवेशनमा तपाईंले सभापतिजी एजेन्डा प्रस्तुत गरिसकेपछि प्रस्तावमा माथिबाट नै बहस गर्ने अनुमति दिनुस्।’

ad
ad