१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o८:oo

नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो । योेसँगै बोर्डबाट धितोपत्र कारोबार गर्नका लागि लाइसेन्स पाउन नयाँ ब्रोकरको संख्या २९ वटा पुगेको छ । 

बोर्डले यससहित तेस्रो चरणमा ब्रोकर लाइसेन्स दिएको हो । शुक्रबार बोर्डबाट लाइसेन्स पाउनेहरूमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल प्रालि, आकाशभैरव सेक्युरिटिज, पाही इन्भेस्टमेन्ट प्रालि, एसपी एसए सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्यु सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज प्रालि र गरिमा सेक्युरिटिज रहेका छन् ।

लाइसेन्स पाउने सबै कम्पनीहरू सीमिति धितोपत्र कारोबार गर्ने कम्पनीहरू हुन् । यी कम्पनीहरूको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । पूर्ण कार्य गर्ने धितोपत्र कम्पनीका लागि चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापार गर्ने नबिल सेक्युरिटिजको एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । 

बोर्डले आवेदन परेका ४५ ब्रोकर कम्पनीमध्ये ४३ वटा कम्पनीलाई आशयपत्र (एलोआई) दिएको थियो । तीमध्ये बोर्डले पहिलो चरणमा लाइसेन्स दिएका सात ब्रोकर कम्पनीले अघिल्लो हप्ताबाट कारोबार सुचारु गरिसकेका छन् । बोर्डबाट लाइसेन्स पाएका कम्पनीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट आशयपत्र पाउनुपर्ने हुन्छ ।

यसअघि दोस्रो चरण लाइसेन्स पाएका कम्पनीले अझै नेप्सेबाट आशयपत्र पाएका छैनन् । कम्पनीहरूले कारोबारअघि सम्पूर्ण पूर्वाधार पूरा गरेर नेप्सेको अवलोकनपछि मात्र कम्पनीहरू कारोबारका लागि योग्य हुनेछन् ।

ad
ad