मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
नयाँ पत्रिका विराटनगर
२०८० श्रावण ६ शनिबार ११:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर मैले बोलेको छैन :  अध्यक्ष लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०८० श्रावण ६ शनिबार ११:४१:००

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् । 

 विराटनगर–११  पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको संख्या घटाउनुपर्छ भनेर संसद् तथा पार्टीका अन्य कार्यक्रममा  पार्टीको  सांसद तथा नेताले समेत नबोलेको बताए । 

उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ भने।  अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरूबीच सहमति जरुरी रहेको बताए । उनले  आफ्नो पार्टी आमसमर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मंसिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए।