१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ दिल्ली
२o८१ बैशाख १९ बुधबार o७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भारतीय फुटबल पुरुष र महिलाबीच छैन समानता

Read Time : > 1 मिनेट
नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५३:oo

छिमेकी भारतले लगभग सबै खेलकुदमा एकैसाथ विकास गरिरहेको छ । पुरुष र महिला खेलाडी पछिल्लो समयमा व्यावसायिक खेल खेलिरहेका छन् । फलस्वरूप भारतका यी दुवै टोलीले अन्तर्राष्ट्रिय खेलमा राम्रो प्रतिफल निकालिरहेका छन् । जहाँ भारत सरकारले खेलकुदलाई एकै नजरका साथ विकास गरिरहेको छ । त्यहीँ नै पनि कतिपय परिस्थितिमा असमानता व्यवहार गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरण महिला फुटबल टोली हो । 

विदेशमा प्राप्त सफलतामा पुरुषको बढी चर्चा हुने गर्छ । महिलाहरूको हकमा केवल सोसल मिडियामा मात्र प्रशंसा भएको पाइन्छ । गत महिना पुरुष फुटबलले १४औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप जितेको थियो । नवौँपटक साफ च्याम्पियन हुँदा पुरुष टोलीले वाहवाही कमायो । दिग्गज खेलाडीदेखि राजनीतिज्ञसमेतले खेलाडीको मज्जाले प्रशंसा गरे । यसको दुई महिनाअघि इन्डियन महिला लिग (आइडब्लुआई)मा अहमाबादको गोकुलम केरलाले लिग जित्दा खासै कुरा नै चलेन । आइडब्लुआई लिगको विजेताले सोसल मिडियामा मात्र बधाई पायो । 

अर्कोतिर, भारतको राष्ट्रिय महिला फुटबल टोलीले पाँचपटक साफ च्याम्पियनसिप जितेको छ । उनीहरूको सफलता भारतीय मिडियादेखि समर्थकबीच गुमनाम नै छ । सरकार र खेलकुद मन्त्रालयले खेलकुदका माध्यमबाट देशको विकास गर्न सकिन्छ भनी सन्देश दिइरहेको छ । तर, सरकार र मन्त्रालयले यसलाई कार्यान्वयन गर्न सकेका छैनन् । चर्चा, प्राइज मनी तथा एक्सपोजरको पक्षमा पुरुषका तुलनामा महिलाले निकै थोरै सुविधा प्राप्त गरेको भारतीय समाचार संस्थाले जनाएको छ । पुरुष र महिला खेलाडीबीचको सुविधामा आकाश–जमिन फरक देखिन्छ । 

पुरुष विजेतालाई नौ करोड, महिलालाई १६ लाख
गत सिजनको महिला फुटबल लिगको विजेताले १६ लाख रुपैयाँ हात पा¥यो । त्यही पृष्ठभूमिमा पुरुषतर्फको विजेताले नौ करोड रुपैयाँ पायो । गोकुलमलाई विजेता धनराशिको चेक खेल समाप्तिलगत्तै दिइएको थियो । पुरुषतिरको लिग विजेतालाई भने एक भव्य समारोहबीच प्रदान गरिएको थियो । गत सिजनमा गुजरातको स्टेट फुटबल एसोसिएसनले उपाधि जितेको थियो । महिला खेलाडीका लागि कुनै विशेष कार्यक्रम आयोजना नै भएन । विश्व फुटबलको वरीयता हेर्ने हो भने भारतको महिला टोली पुरुषको भन्दा निकै माथि छ । फिफाले बुधबार सार्वजनिक गरेको वरीयतामा महिला टोली ६०औँ स्थानमा रहँदा सुनील क्षेत्री कप्तानी रहेको सिनियर पुरुष टोली ९९औँ स्थानमा रह्यो । 

महिलाको हकमा तीन प्रतियोगिता 
भारतको खेलकुद वर्षभरि नै लगातार चलिरहन्छ । कबड्डी, फुटबल, क्रिकेट, टेनिस, ब्याडमिन्टन, हक्की तथा भारोत्तोलनजस्ता प्रमुख खेलका लिग सञ्चालन हुन्छन् । सबैजसोमा पुरुष खेलका लिग हुने गर्छन् । थोरै मात्र महिलाहरूले लिगमा सहभागिता जनाउने अवसर पाउँछन् । तर, महिलाहरूले घरेलु प्रतियोगिता कमै खेल्छन् । ‘पुरुषको तुलनामा हामीले कम अवसर र प्रतियोगिता खेलिरहेका छौँ,’ भारतीय महिला फुटबल टोलीकी पूर्वकप्तान सुजाता करले भनिन्, ‘सियिनर महिलाले राष्ट्रिय फुटबल च्याम्पियनसिप, यू–१७ र आइडब्लुआई मात्र खेल्छन् ।’ पुरुषकै हाराहारीमा महिलाले पनि त्यही स्तरमा एक्सपोजर प्राप्त गर्दा अन्तर्राष्ट्रिय क्षेत्र अहिलेको दाँजोमा थप बढी सफलता मिल्ने उनले बताइन् । 

वर्तमान भारतीय टोली स्ट्राइकर एनवाला देवी पनि पूर्वकप्तानको भनाइमा सहमत जनाउँछिन् । उनले केही समयअघि इंग्ल्यान्डमा खेल्ने अवसर पाएकी थिइन् । इंग्ल्यान्डका महिला खेलाडीको प्रदर्शन राम्रो हुनुपछाडि उनीहरूको ‘स्ट्रक्चर’ वाला देवी मान्छिन् । भन्छिन्, ‘इंग्ल्यान्डमा रहँदा त्यहाँ महिला फुटबल खेलाडीले वर्षभरि कम्तीमा पाँच खेल खेल्थे, ३० घरेलु तथा २० अन्तर्राष्ट्रिय खेल खेलेको देखेँ, यहाँ भारतमा हामीले मुस्किलले तीन महिना मात्र प्रशिक्षणको अवसर पाउँछौँ ।’

पुरुषका खेल अन्तर्राष्ट्रियकरण
एक्सपोजर, प्राइजमनी तथा सम्मानमा पुरुष खेलाडीले धेरै सुविधा पाएका छन् । अझ अन्तर्राष्ट्रिय खेल खेलिरहँदा उनीहरूको म्याचको लाइभ स्टार स्पोर्टस्बाट दिन्छ । त्यहीँ नै महिलाहरूको खेल हुँदा युट्युबमा मात्र आउँछ । अन्तर्राष्ट्रिय खेलको लाइभ हुँदा पुरुष खेलाडीले पनि केही हिस्सा पाउने गर्छन् । तर, महिला खेलाडीले केही पाउँदैनन् । 

ad
ad