१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ मङ्सिर ५ शुक्रबार १२:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतको नयाँदिल्लीमा नयाँ नियम : मास्क नलगाउनेलाई दुई हजार जरिवाना

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ५ शुक्रबार १२:३२:००

भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँदिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागू गरिएको छ । 

पछिल्लो १५ दिनमै एक लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए दुई हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागी हुन पाउने गरी नियम लगाइएको हो । 

भारतको राजधानी सहरसमेत रहेको दिल्लीमा कोभिड– १९ को तेस्रो लहर चलेको छ । संक्रमण नियन्त्रणबाहिर गएपछि बिहीबार दिल्ली सरकारले मास्क नलगाउनेलाई दुई हजार जरिवाना लगाउने निर्णय गरेको हो । 

दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले दिल्लीका उपराज्यपाल अनिल बैजलसँग भेट गरी मास्क नलगाउने व्यक्तिलाई दुई हजार जरिवाना लगाउने निर्णय सरकारले गरेको बताए  ।

दिल्ली सरकारले कोरोना महामारी बढेपछि बढी भिडभाड हुने बजारहरूमा लकडाउन गर्ने प्रस्ताव पहिल्यै नै गरिसकेको छ । 

सार्वजनिक क्षेत्रमा छठ पर्व मनाउन पनि रोक लगाइएको छ । त्यसैगरी वैवाहिक समारोहमा यसअघि दुई सयजनाको भेलालाई अनुमति दिइएकोमा अब भने ५० जना मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ । 

दुई हप्ताको अवधिमा दिल्लीमा एक हजार दुई सय दुईजनाको निधन भएको छ । दिल्लीमा अहिलेसम्म संक्रमित हुनेको संख्या पाँच लाख तीन हजार ८४ पुगेको छ । 

अहिलेसम्म ज्यान गुमाउनेको संख्या सात हजार नाै सय ४३ पुगेको छ ।