मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ५ शुक्रबार o६:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको लाइभ बैठक, कम्युनिस्टलाई चुनौती : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार o६:२३:oo

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कांग्रेसको लाइभ बैठक कम्युनिस्ट पार्टीका लागि चुनौती बनेको बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले कांग्रेस कार्यसमिति बैठकको प्रशंसा गर्दै भने, ‘कांग्रेसले केन्द्रीय कमिटी बैठक लाइभ गरेको छ । यो कम्युनिस्टलाई चुनौती हो । कम्युनिस्ट पार्टीहरू हो त्यो बाटोमा हिँड्न सक्छौ कि सक्दैनौ ? अब भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति, दुराचार गर्नका निम्ति बाहेक गोप्य निर्णय गर्नुपर्ने अर्को कुनै विषय छैन । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएपछि सबै प्राप्त भयो । खुला गरेर कांग्रेसले धेरै राम्रो काम गरेको छ,’ उनले भने । 

कांग्रेसले आधिकारिक फेसबुकमार्फत बैठकको प्रत्यक्ष प्रसारण गरिरहेको छ । तर, पेजमा आउने नकारात्मक कमेन्ट डिलेट गर्ने गरिएको छ । साथै, पेजमा कमेन्ट गर्न नमिल्ने बनाएको छ । प्रत्यक्ष प्रसारण लिएर धारणा राख्ने केन्द्रीय सदस्यले मिश्रित प्रतिक्रिया दिने गरेका छन् ।