१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Friday, 05 July, 2024
२o८o श्रावण ४ बिहीबार २o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

राइगढ पहिरोमा १३ जनाको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार २o:५३:oo

महाराष्ट्रको राइगढ जिल्लाको खालापुर तहसिलको इरसालबाडी गाउँमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिलेसम्म घटनास्थलबाट २२ जनाको उद्धार गरिएको छ, तर धेरैजना भग्नावशेषमा फसेको आशंका गरिएको छ।

राइगढको इरसालबाडीमा भग्नावशेषबाट १२ जनाको शव निकालिएको छ। साथै, घटनास्थलमा उद्धारका लागि पुगेका एक उद्धारकर्मीको हृदयाघातका कारण मृत्यु भएको छ।

अहिलेसम्म १३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेकोे छ। 

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्दे राइगढ जिल्लामा राहत र उद्धार कार्यको समीक्षा गर्न बिहान घटनास्थलमा पुगी राइगढमा गएको पहिरोमा परी मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरे। 

ad
ad
ad
ad