१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सूर्योदय वोमीको एफपिओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:११:oo

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणले एफपिओ (फर्दर पब्लिक अफरिङ)का लागि कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरमा ४६ हजार सात सय २९ कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

कुल ४६ लाख ७३ हजार रुपैयाँको उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको सम्झौतामा दुवै पक्षको हस्ताक्षर भएको जनाइएको छ । सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेको उल्लेख छ । 

सूर्योदय वोमी लघुवित्तको अधिकृत पुँजी एक अर्ब रुपैयाँ, जारी पुँजी ९१ करोड ५४ लाख ५५ हजार रुपैयाँ र चुक्ता पुँजी ९१ करोड सात लाख ८२ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । हाल एक लाख ७१ हजारभन्दा बढी सदस्यलाई एक सय ९२ शाखामार्फत सेवा दिँदै आएको जनाइएको छ । 
 

ad
ad