१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

युएईविरुद्ध नेपाल तीन विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१२:oo

एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गरेको छ।

श्रीलंकाको कोलम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा बुधबार भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रनको योगदान गरे। 

त्यसैगरी, देव खनाल र सन्दीप जोराले समान २४-२४ रनको योगदान दिए। गुल्सन झाले ११ रन जोडे। कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसीले अविजित ८ रन बनाए। कुशल मल्ल २ रनमा अविजित रहे। 

बलिङतर्फ युएइका मोहम्मद फाराजुदिन एक्लैले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो। युएईका लागि लभप्रीत सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए।

त्यस्तै, इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए। बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए भने श्याम ढकालले २ विकेट झारे। कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए। यस खेलसँगै नेपाल र युएइको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएको छ। 
    
नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। रासस

ad
ad