१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जोकोभिकलाई आठ हजार डलर जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:१५:oo

विम्बल्डनको फाइनलमा र्‍याकेट तोडेका दोस्रो वरीयताका नोभाक जोकोभिकले आठ हजार डलर जरिवाना तिरेका छन् । गत आइतबार स्पेनिस खेलाडी कार्लोस अल्काराजविरुद्धको फाइनलमा उनले र्‍याकेट बजारेका थिए । अल इंग्ल्यान्ड लनटेनिस क्लबले विम्बल्डनको अनुशासन तोडेको भनी जोकोभिकलाई आठ हजार डलर जरिवाना सुनाएको हो । फाइनलमा सहज अंक गुमाएपछि जोकोभिकले नेटअगाडि नै र्‍याकेट फ्याँकेका थिए । 

तत्कालै अम्पायरले उनलाई नियम उल्लंघन गरेको भनी पहिलोपटक चेतावनी दिएका थिए । अम्पायरले नै उनीविरुद्धको रिपोर्ट टेनिस संघलाई बुझाए । अम्पायरको रिपोर्टअनुसारै जोकोभिकमाथि कारबाही गरिएको हो । कीर्तिमानी रूपमा २४औँ ग्रान्डस्लाम उपाधिनजिक पुगेका उनी विश्वका नम्बर एक खेलाडी कार्लोससँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भए । 

उपविजेताका रूपमा उनले १९ करोड ६० लाख रुपैयाँ प्राप्त गरेका छन् । च्याम्पियन कार्लोसले ३९ करोड १९ लाख रुपैयाँ जिते । जोकोभिक र कार्लोसबीच चार घन्टा ४२ मिनेटसम्म फाइनल चलेको थियो । जोकोभिक १० वर्षपछि पहिलोपटक विम्बल्डनको फाइनलमा पराजित भए । उनी लगातार चारपटकका विजेतासमेत थिए । सन् २०१३ मा उनलाई अन्तिमपटक एन्डी मुर्रेले हराएका थिए । 

ad
ad