१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी र सनराइज बैंकको पनि एकीकृत कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:१२:oo

लक्ष्मी बैंक र सनराइज बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । लक्ष्मी सनराइज बैंकका नामबाट उनीहरूले एकीकृत कारोबार सुरु गरेका हुन् । यद्यपि, उनीहरूले औपचारिक कार्यक्रम भने गरेनन् । 

लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले गत २५ पुस ०७६ मा मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसपछि ८ जेठ ०८० मा मर्जरको अन्तिम सम्झौता भएको थियो । 

उनीहरूले आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार सुरु गरेका हुन् । उक्त दुवै बैंक १:१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जपछि बैैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह बनेका छन् । अध्यक्ष भने सञ्चालक समितिको पहिलो बैठकले चयन गर्नेछ । 

दुवै बैंकको असार ३ गते सम्पन्न साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, नेपाल राष्ट्र बैंकले असार २२ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले असार २४ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहनेछ ।

मर्जरपछि दुई बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । साबिक लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड रुपैयाँ र साबिक सनराइजको १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी छ । 

मर्जरपछि बैंकको शाखा सञ्जाल दुई सय ८४ वटा पुगेका छन् । त्यस्तै, कर्मचारी संख्या तीन हजार एक सय ७० जना पुगेको छ । साबिक लक्ष्मीमा एक हजार ४२ जना र सनराइजमा एक हजार पाँच सय १७ जना कार्यरत छन् ।

ad
ad