१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
लन्डन
२o८१ जेठ ३ बिहीबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोको लगानीसँगै घडी कम्पनीको माग बढ्यो

Read Time : < 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:१७:oo

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फुटबलसँगै व्यापारमा पनि ध्यान दिन्छन् । उनको आफ्नै कम्पनी सिआर–७ छ । स्पेन र पोर्चुगलका सिआर–७ को नाममा महँगा होटेलसमेत उनका छन् ।

लगानीकै क्रममा रोनाल्डोले पछिल्लो समय युरोपकै चर्चित घडी कम्पनी क्रोनो २४ मा हात राखेका छन् । उनले सात सय ७० मिलियन पाउन्ड लगानी गरेका छन् । रोनाल्डोले क्रोनो २४ मा लगानी गरेसँगै घडीको माग ह्वात्तै बढेको एजेन्सीले जनाएको छ । 

घडी कम्पनीले पनि रोनाल्डोले ठूलो लगानी गरेको जनाएको छ । क्रोनो २४ का सहमालिक बनेका रोनाल्डोले गिफ्टका रूपमा पाँच मिलियनबराबरको घडी उपहार पाएका छन् । ३८ वर्षीय रोनाल्डोले गत सिजन साउदी अरेबियाको प्रो लिगअन्तर्गत अल नासरमा अनुबन्ध भएका थिए ।

उनलाई भित्र्याउन साउदी क्लबले एक सय ७० मिलियन पाउन्ड खर्चेको थियो । साउदी क्लबमा आएसँगै वर्तमान समयकै उत्कृष्ट खेलाडीमा पर्ने रोनाल्डोको आम्दानी र सम्पत्ति पनि बढेको छ । आफ्नो सम्पत्ति बढाउने क्रममै उनले क्रोनो २४ घडी कम्पनीमा लगानी गरेको एजेन्सीको दाबी छ ।

‘हामीलाई अचम्म लागेको छ, फुटबलकै उत्कृष्ट खेलाडी कम्पनीसँग जोडिएका छन्,’ क्रोनो २४ ले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘यो समाचार बाहिर आएपछि हाम्रो घडीको माग बजारमा बढेको छ ।’ कम्पनीका अनुसार रोनाल्डो नाम जोडिएपछि बजारमा पाँच लाख ३० हजार घडी बिक्री भएका छन् । सामान्य ९२ हजार पाउन्डको घडी लगाउँछन् ।

ad
ad