मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २९ शुक्रबार
  • Monday, 16 December, 2024
२o८o असार २९ शुक्रबार १५:५८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा विपतबाट ९७ हजार मानिस प्रभावित हुने अनुमान, कस्ताे छ व्यवस्थापनको तयारी ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार २९ शुक्रबार १५:५८:oo

बागमती प्रदेश सरकारले मनसुन सुरु भएलगत्तै मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी कार्ययोजना निर्माण गरेको छ।

प्रदेशका विभिन्न जिल्लामा मनसुनजन्य विपतहरू बाढी, पहिरो, हिमपहिरो, चट्याङलगायतका कारण ठूलो जनधनको क्षति हुने गरेको छ। 

यस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिलाई कम गर्न प्रदेश सरकारले विपत् पूर्वतयारी कार्यायोजना निर्माण गरेको हो। 

प्रदेश सरकारले बागमती प्रदेशका १३ जिल्लामध्ये नाै जिल्लालाई पहिरोको उच्च जोखिममा राखेर योजना बनाएको छ। 

प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारितसमेत गरेको छ।

प्रदेशमा यस वर्ष बाढी तथा पहिरोबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अनुमान छ। 

सोहीअनुसार मनसुनजन्य विपतकाे प्रभाव न्यूनीकरणका लागि कार्ययोजना तयार गरिएको मन्त्रालयका सचिव ध्रुव गैडाले जानकारी दिए। 

मन्त्रालयले प्रदेशका सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट र मकवानपुर जिल्लालाई पहिरोको उच्च जोखिममा राखेको छ भने काठमाडौं, चितवन, सिन्धुली, मकवानपुरलाई बाढीको जोखिममा राखेको छ। 

यस्तै, प्रदेशमा रहेका हिमाली जिल्लाहरू हिमताल विस्फोट र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको छ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडाले प्रदेश सरकारसँग विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि प्रदेश विपत् व्यवस्थापन कोषमा २० करोड ८८ लाख १२ हजार रुपैयाँ बजेट मौज्दात रहेको जानकारी दिए।

‘हामीले विपतको अवस्थालाई सामना गर्न २० करोड रुपैयाँभन्दा बढी बजेटको व्यवस्था गरेका छौँ। प्रदेशका एक सय १९ वटै स्थानीय तहमा कार्ययोजनाअनुसार नै प्रभावकारी काम गर्ने गरी आवश्यक सामग्री र स्रोतको व्यवस्थापन तय गरेका छौँ,’ सचिव गैडाले भने। 

मन्त्रालयका अनुसार प्रदेश सरकारले विपत् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि काठमाडौंमा एक करोड २१ लाख चार हजार, भक्तपुरमा ३० लाख चार हजार, काभ्रेमा २० लाख, सिन्धुपाल्चोकमा १८ लाख ४० हजार, नुवाकोटमा ११ लाख १३ हजार, रसुवामा १५ लाख बजेट व्यवस्था गरिएको छ।

यसैगरी प्रदेशको सिन्धुलीमा १८ लाख ४० हजार, दोलखामा ६ लाख ५५ हजार, रामेछापमा नाै लाख, धादिङमा १३ लाख २६ हजार, चितवनमा १५ लाख ७६ हजार, मकवानपुरमा ३० लाख आठ हजार, ललितपुरमा पाँच करोड नाै लाख ५५ हजारको बजेट व्यवस्था गरिएको छ।

सचिव गैडाले प्रदेशका १३ जिल्लामा १० वर्षको अवधिमा मनसुनजन्य प्रकोपका कारण भएको धनजनको क्षतिको आधारमा यस वर्ष कार्ययोजना बनाएको जानकारी दिए। 

उनले प्रदेशमा १० वर्षको अवधिमा बाढीपहिरो र चट्याङका कारण प्रदेशका १३ जिल्लामा ६ सय पाँचजनाको ज्यान गएको जानकारी दिए।

‘प्रदेशमा बाढी, पहिरो र चट्याङको जोखिम छ। विगत १० वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि मनसुनजन्य प्रकोपका कारण ६ सय पाँचजनाले ज्यान गुमाएका छन्। प्रदेशमा सानाठूला गरी ३३ वटा नदी छन्। नदी र मुख्य जलाधारबाट उत्पन्न बाढी, पहिरो तथा पहिरो कारण ठूलो जनधनको क्षति हुने गरेको छ,’ उनले भने।

मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशमा ०६९ देखि ०७९ सम्म १० वर्षको अवधिमा मात्रै प्रदेशमा ६ सय दुईवटा पहिरो, दुई सय ४३ वटा बाढी र चार सय ३६ वटा चट्याङका घटना भएका छन्। 

यसअ वधिमा प्रदेशमा पहिरोमा पुरिएर तीन सय, बाढीले बगाएर ९६ र चट्याङका कारण दुई सय नाैजनाको मृत्यु भएको छ। पहिरोमा परी एक सय ८८ जना र बाढीमा परी ५८ जना बेपत्ता भएका छन्। 

उक्त अवधिमा बाढी र पहिरोका कारण एक अर्ब ४४ करोड ५१ हजार रुपैयाँबराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा छ।

गत वर्ष मात्रै पनि विपतका घटनामा बागमती प्रदेशमा १३ जनाको मृत्यु भएको सचिव गैडाले जानकारी दिए। 

सचिव गैडाका अनुसार प्रदेशका १३ जिल्लामा पहिरोमा परी ११ जना र बाढीले बगाएर दुईजनाको मृत्यु भएको छ।