१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महरेजलाई भित्र्याउने अल अहलीको कसरत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४९:oo

साउदी अरेबिया प्रो लिगको अल अहलीले म्यानचेस्टर सिटीका प्रमुख खेलाडी रियाद महरेजलाई भित्र्याउने अभियान थालेको छ । इंग्लिस प्रिमियर लिगको विजेता क्लब सिटीका स्ट्राइकर महरेजलाई ३० मिलियन पाउन्ड प्रस्ताव साउदी क्लबले पठाएको छ । सिटीले साउदी क्लबको प्रस्ताव पुनर्विचार गर्ने जनाएको छ । महरेजले आफ्नो फुटबल करिअर साउदी लिगमा सकाउने जनाइसकेका छन् । महरेजले आफ्नो मार्केट मूल्य ४३ मिलियन पाउन्ड राखेका छन् । 

साथसाथै, कम्तीमा दुई वर्षको सम्झौता हुनुपर्ने उनको भनाइ छ । सिटीमा उनको सम्झौता दुई वर्ष बाँकी छ । अल नासेर, अल किलाल तथा अल इतिहाद क्लबले ३३ वर्षीय महरेजमाथि नजर लगाएका छन् । गत सिजनमा सिटीका लागि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । साउदी प्रो लिगमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको आगमनसँगै युरोपमा नाम चलेका खेलाडीको अनुबन्ध तीव्र गतिमा भइरहेको छ । 

यसैबीच, अल नासेरलाई लेस्टर सिटीको ऋण नतिर्दासम्म खेलाडीलाई अनुबन्ध गर्न प्रतिबन्ध लगाएको छ । फिफाले नासेरलाई लेस्टर सिटीलाई तिर्नुपर्ने रकम नतिरेसम्म खेलाडी अनुबन्ध गर्न प्रतिबन्ध लगाएको फिफाले जनाएको छ । अल नासेरले गत वर्ष क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्दै सनसनी मच्चाएको थियो । 

ad
ad