१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २५ सोमबार १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भावनात्मक पक्षलाई अघि सारेर राष्ट्रलाई घात गर्ने छुट छैन प्रधानमन्त्रीलाई : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २५ सोमबार १७:४४:oo

नेकपा एमालेका सचिव योगेश भट्टराईले भावनात्मक पक्षलाई अघि सारेर राष्ट्रलाई घात गर्ने छुट प्रधानमन्त्रीलाई नभएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिएपछि सामाजिक सञ्जालमार्फत भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

छोरी, छोरा र श्रीमतीका बारेमा पुष्पकमल दाहालले बेहोरेको पीडामा साहस भर्नासाथ दिन सिंगो सदन तयार भएको उल्लेख गर्दै उनले भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको बताएका हुन्।

‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पीडा संवेदनशील छन्। उहाँका ती पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ। तर, प्रधानमन्त्रीका रूपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैँ छैन है। हेक्का रहोस्। हामीले उहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौँ। हामी अरू केही जस्तो निर्दयी होइनौँ र छैनौँ। तर, देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति भने कठोर प्रश्न छन्,’ भट्टराईले लेखेका छन्।