१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असार २४ आइतबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिक्षा हबका रूपमा नबिल बैंकको २५६औँ शाखा सञ्चालन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असार २४ आइतबार ०७:५९:००

नबिल बैंकले आफ्नो २५६औँ बैंकिङ शाखा पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा उद्घाटन गरेको छ । शिक्षा हबका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा ल्याएको हो । नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रूपमा रिबन काटी शाखा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हबका रूपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरूलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए । शैक्षिक कर्जालगायत चाहिने अरू सम्पूर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ शाखा उद्घाटन गरिएको सिइओ ढुंगानाले बताए ।    

नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदातालाई सरल बंैकिङ सेवा प्रदान गर्न सधैँ तत्पर रहने बताए ।

उद्घाटन समारोहमा फेकनका अध्यक्ष वासुदेव नेपाल, इरिनका अध्यक्ष हेमन्त भट्टराई, एरी नेपालका अध्यक्ष महेशबाबु तिमिल्सिना, इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नाएरका अध्यक्ष प्रेम पाण्डे र नेकाका अध्यक्ष सन्तोष प्याकुरेलका साथै युनिभर्सल ल्यांग्वेजका संस्थापक उत्तम पन्तको विशेष उपस्थिति रहेको थियो । नबिल बैंकलाई विस्तारित शाखाका लागि बधाई दिँदै उनीहरूले विद्यार्थीका लागि शैक्षिक गतिविधिका लागि चाहिने बैंकिङ सेवा नबिलले सहज वातावरणमा सरल किसिमले प्रदान गर्ने आशा रहेको बताए ।

नियमित बैंकिङ सेवाहरूका साथै शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्वार सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ । शिक्षा हबका रूपमा रहेको नबिल बैंकको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटीलगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रियागत शुल्क, कलेज तथा विश्वविद्यालयमा ट्युसन शुल्क र अन्य शुल्कहरूका लागि विदेशी मुद्रा विनिमय दिनेलगायतका सुविधा दिने उल्लेख गरिएको छ । त्यस्तै, विदेशी विद्यार्थीको स्वास्थ्य बिमाको भुक्तानीसमेत गर्न सकिने बैंकले जनाएको छ ।