१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

चिडियाखानामा अब मुढामा पनि ‘जीवन’ देख्न पाइन्छ ! 

Read Time : > 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३५:oo

ललितपुरको सदर चिडियाखानामा फालिएका काठका मुढाले नयाँ जीवन पाइरहेका छन्। चिडियाखानामा असरल्ल छाडिएका रूखका मुढामा कलाकारहरू जनावरका आकृति बनाउँदै छन्।

कलाकारहरूले काठबाट लाटोकोसेरो, कछुवा, हात्ती, गोही, माछा र चरा गरेर ६ वटा जनावरका आकृति बनाइसकेका छन्। ‘पानी परेकाले हामीले काम धेरै अघि बढाउन पाएका छैनौँ,’ कलाकार किशोर नकर्मीले भने। 

यहाँ काम गर्नका लागि चिडियाखानाको तर्फबाट ज्यावल (बुट्टा कुँद्ने सामग्री) का लागि बाहेक कुनै सहयोग भएको छैन। कलाकारहरू स्वेच्छाले काम गरिरहेका छन्।

‘हामीले सुरुमा यहाँ वर्कसपको रूपमा सुरु गरेका थियौँ।  तीन कलाकारबाट सुरु गरेका हाैँ। अहिले करिब साढे दुई  महिना भइसक्दा १० जना पुगेका छौँ। सुरुमा हामीले १५ दिन काम गर्ने भनेर सुरु गर्‍याैँ । तर, अहिले यसलाई अझै निरन्तरता दिने सोचमा छौँ,’ अर्का कलाकार विकास शाक्यले नयाँ पत्रिकासँग भने।

श्रमदानका रूपमा यहाँ अहिले करिब १० कलाकारले काम गरिरहेका छन्। आफ्नो मिल्दो समयमा उनीहरू चिडियाखाना आउँछन्। जाँगर हुँदासम्म बुट्टा कुँद्छन् अनि घर फर्कन्छन्। 

उनीहरूले चिडियाखानामा झन्डै चार–पाँच वर्षदेखि काटेर फालिएका रूखका मुढा र ठुटामध्ये राम्रा र सग्ला छानेर जंगली जनावरकै स्वरूप झल्कने गरी बुट्टा कुँदेका छन्।

 

 

ad
ad