१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २२ शुक्रबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o असार २२ शुक्रबार १२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अभिव्यक्तिको अपव्याख्या नगरौँ, सदनबाटै स्पष्ट पार्छाैँ : सञ्चारमन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २२ शुक्रबार १२:३९:oo

सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिबारे सदनबाट स्पष्ट पार्ने बताएकी छिन्। 

शुक्रबार प्रेस सेन्टर, काठमाडौं शाखाले गरेको अन्तरक्रिया कार्यक्रममा उनले विवादित बनेको अभिव्यक्तिबारे आमजनतालाई सदनबाट स्पष्ट पार्ने बताएकी हुन्। 

उनले भनिन्, ‘प्रितम सिंह हामीप्रति सदभाव राख्ने सामान्य मान्छे हुनुहुन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारसँग नजिकको सम्बन्ध भएको र नजिकबाट उहाँलाई चिन्नुभएको हिसाबले उहाँले देशको नेतृत्व गरे देश र जनताका लागि सहज हुने थियो। देशमा स्थिरता आउने थियो। उहाँ (प्रचण्ड) नेतृत्व गर्न सक्ने क्षमता भएका मान्छे हो भनेर भेटघाटमा भनेको विषयलाई स्मरण गर्दै प्रधानमन्त्रीले साेही प्रसंग बोल्नुभयो। उहाँले बाेलेकाे अभिव्यक्तिलाई अपव्याख्या गर्दै प्रतिपक्षले सदन अवरुद्ध गर्ने, प्रधानमन्त्रीको राजीनामा माग्ने गैरसंसदीय कार्य हो। यसको हामीले सदनमा जवाफ दिन्छौँ। र, प्रतिपक्षले राजीनामा माग्दैमा सत्तापक्षले दिइहाल्ने प्रचलन छैन र राजीनामा दिने कुरा पनि आउँदैन। संसदमार्फत आमजनतालाई स्पष्ट पार्छौँ।’ 

मन्त्री शर्माले प्रतिपक्षले गरेको सदन अवरोधपछि निष्क्रिय बनेको मिटरब्याजसम्बन्धी विधेयक फेरि ल्याएर पीडितलाई न्याय दिने बताइन्।