१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिसहोम टिभी अब मोबाइलमा पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३६:oo

डिसहोमले मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिसहोम गो’ सञ्चालन गरिरहेको छ । हाल सेट टप बक्समा मात्र सीमित टिभी च्यानलहरूलाई ओटिटी प्रविधिमार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो । १५० भन्दा बढी लाइभ टिभी च्यानलहरू यो एपमा हेर्न सकिन्छ ।

सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रसारण भएका कन्टेन्टहरू हेर्न छुटेमा सात दिनअगाडिसम्मको कन्टेन्ट फेरि हेर्न सकिन्छ । डिसहोमले आफ्ना ग्राहकलाई मात्र उपलब्ध गराइरहेको ‘डिसहोम गो मोबाइल एप’ हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ । 

‘डिसहोम गो एप’मा लाइभ टिभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरू हेर्न सकिन्छ । ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरू पनि थप्दै जाने योजना बनाइरहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । 

ad
ad