१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
बालुवाटारभित्र ८ रोपनी १ आना १ पैसा २ दाम क्षेत्रफलमा फैलिएको भाटभटेनीको गोदाम । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भाटभटेनी गोदामको नक्सा पास पनि छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४७:oo

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बालुवाटारको १४ रोपनी १० आना एक पैसा तीन दाम जग्गामा विशाल गोदाम बनाएका छन् । गोदमको पक्की संरचना मात्रै आठ रोपनी एक आनामा फैलिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार गोदामघरको नक्सा पास भने गरिएको छैन ।  

‘ललितानिवासको हडपिएको जग्गामा भाटभटेनीले  विशाल गोदाम बनाएको छ । तर, नक्सा पास नगरिकनै बनाएकाले महानगरले अनुसन्धान गरिरहेको छ,’ महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले भने, ‘नक्सा पास गरेको नपाइए डोजर लगाएर भत्काउँछौँ ।’

व्यक्तिका नाममा लगिएको ललितानिवासको जग्गामा महानगरले तारबार लगाउने घोषणा गरिसकेको छ । त्यहाँ रहेका संरचना हटाउन सातदिने म्याद जारी भइसकेको छ ।

त्यसपछि त्यहाँका सबै संरचना भत्काउने महानगरको योजना छ । नक्सा पास गरेर पहिले नै बनाइसकिएको संरचना भने अदालतको फैसलापछि मात्रै हटाइने नगर प्रहरी प्रमुख एसपी पाण्डेले बताए । 

ad
ad