१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २० बुधबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा बैठक स्थगित, मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २० बुधबार १७:४४:oo

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएसँगै मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएको छ। 

राष्ट्रिय सभाले विधेयक पारित गरेर सन्देशसहित शुक्रबार प्रतिनिधिसभामा पठाएको थियो। प्रतिनिधिसभाले आज विधेयक पारित गरेर सन्देशसहित आजै राष्ट्रिय सभामा पठाउनुपर्थ्यो। 

राष्ट्रिय सभा बैठकमा आजै सन्देश टेबुल भई स्वीकार गरेर राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरी राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाउनुपर्थ्यो। मिटर ब्याजसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो। जुन सभामा उत्पत्ति भयो, त्यही सभा प्रमुखले प्रमाणित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्छ।

तर, राष्ट्रिय सभा बैठक भोलिसम्म सारिएपछि कानुनी रिक्तताको अवस्था सिर्जना भएको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।

 

ad
ad
ad
ad