१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वर्षायाममा खाद्यान्न अभाव हुँदैन : उद्योग मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:५४:oo

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षायाममा देशको कुनै पनि भूभागमा खाद्यान्न अभाव हुन नदिने गरी गृहकार्य भएको बताएको छ ।मन्त्रालयमातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा धान, चामल र गहुँ गरी कुल दुई लाख ६६ हजार तीन सय क्विन्टल मौज्दात रहेको जनाएको छ । हाल उपत्यका र तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल चामल मौज्दात रहेको कम्पनीले जनाएको छ । 

त्यस्तै, अति दुर्गम तथा दुर्गम जिल्लाका लागि २५ हजार पाँच सय पाँच क्विन्टल चामल मौज्दात राखिएको छ ।  टेन्डरमार्फत थप ८९ हजार एक सय क्विन्टल चामल खरिद गर्ने योजना रहेकोमा ५२ हजार ६ सय ४४ क्विन्टल प्राप्त भइसकेको कम्पनीको भनाइ छ । त्यस्तै, २८ असारमा बोलपत्र खोल्ने गरी ९१ हजार पाँच सय क्विन्टल चामलको खरिद प्रक्रिया अघि बढेको छ । यसरी कम्पनीको गोदाममा मौज्दात र खरिद प्रक्रियामा रहेको गरी कुल दुई लाख पाँच हजार ६ सय पाँच क्विन्टल चामल वितरणका लागि उपलब्ध रहेको जनाइएको छ । 

त्यस्तै, भारतबाट आयात कोटाअन्तर्गत साल्ट ट्रेडिङमार्फत तत्काल ३४ हजार तीन सय २० क्विन्टल गहुँ प्राप्त हुने क्रममा रहेको कम्पनीको भनाइ छ । कम्पनीको गोदाममा २६ हजार तीन सय ७५ क्विन्टल धानसमेत मौज्दात छ । चालू आर्थक वर्ष ०७९/८० को १२ असारसम्म दुर्गमका जिल्लाहरूमा १७ हजार आठ सय ३० मेट्रिकटन खाद्यान्न ढुवानी भइसकेको पनि कम्पनीले जनाएको छ । ‘खाद्यान्नको बढी समस्या देखिएको हुम्लामा चार हजार क्विन्टल कोटा थप गरी हवाईमार्गबाट दैनिक ढुवानी तथा वितरण कार्य जारी राखिएको छ,’ कम्पनीको भनाइ छ । 
 

ad
ad