१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १९ मंगलबार
  • Sunday, 29 September, 2024
२o८o असार १९ मंगलबार o६:१४:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १९ मंगलबार o६:१४:oo

पीपललाई हिन्दू धर्ममा पवित्र वृक्ष मानिन्छ । यसको ठूलो धार्मिक महत्व छ । एउटा गाउँमा पीपलको ठूलो रुख थियो । गाउँका महिला, बालबालिका तथा पुरुष सबै नै विभिन्न अवसरमा उसको पूजा गर्थे । शनिबार पीपलको रुखमा जल चढाउनेको घुइँचो नै लाग्थ्यो ।

 समय बित्दै गयो । पीपलको रुख बढ्दै गयो । रुख निकै पुरानो भयो । उसका हाँगाबिँगा सुक्दै गए । सुकेका हाँगाबिँगा भाँचिएर खस्न थाले । रुखको अवस्था देखेर गाउँका भद्रभलादमीको बैठक बस्यो । बैठकले पीपलको रुख ढालेर त्यसका हाँगाबिँगा घरेलु उपयोगमा लगाउने निर्णय गर्‍यो ।

भोलिपल्ट निर्णय कार्यान्वयनका लागि मानिसहरू हातहातमा बन्चरो, आरो, खुर्पा, खुँडा बोकेर पीपलको रुखमुनि जम्मा भए । पीपलको रुखसँगै अर्को एउटा रुख पनि थियो । उसले बिस्तारै पीपलसित भन्यो– ‘पीपल दाजु हेर्नुस् त, कुनै वेला तपाईंको पूजा गर्ने, तपाईंलाई जल चढाउने मानिस आज बूढो भएपछि तपाईंलाई नै काट्न भेला भएका छन् । यी मानिस कति स्वार्थी छन् ! तपाईंलाई यो सब रमिता देख्दा रिस उठ्दैन ?’

पीपलले खुसी हुँदै जवाफ दियो– ‘किन रिसाउनु मित्र, म त खुसी पो भएको छु त ! बाँचुन्जेल पनि म मानिसको काममै उपयोग भएँ, आज मर्दै गर्दा पनि म उनीहरूको काममै उपयोग हुँदै छु । आखिर हाम्रो काम भनेकै परोपकार गर्नु त हो । रुखले फल दिनु, नदीले पानी दिनु सबै परोपकार नै होइन र ?’