Skip This
हेटौँडा उपमहानगरको बजेट सर्वसम्मत पास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o असार १७ आइतबार १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा उपमहानगरको बजेट सर्वसम्मत पास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १७ आइतबार १२:२२:oo

हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पास भएको छ। शनिबार उपमहानगरको १३औँ नगरसभाको दोस्रो बैठकले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पास गरेको हो।

उपमहानगरपालिकाले असार २ गते कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँको बजेट ल्याएको थियो। उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको थियो।

यस्तै, नगरसभाले आर्थिक विधेयक ०८० र विनियोजन विधेयक ०८० सर्वसम्मत रूपमा पारित गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए। उनले नगरसभाले ०७९/८० मा सम्पन्न भएको योजनाको अनुमोदन तथा अवकाश प्राप्त कर्मचारीको उपदान, बिदा तथा औषधी उपचार खर्च, न्यायिक समितिले गरेको कामको अनुमोदनको समेत सर्वसम्मत निर्णय गरेको छ।

यसैगरी, फरफारक समितिबाट भएका योजनाका कामको अनुमोदन, चालू आवमा सम्पन्न भई भुक्तानीका लागि बाँकी रहेका योजनाको भुक्तानी दायित्व सार्ने विषयमा समेत सर्वसम्मत निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए।