१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसियन पेन्ट्स नेपालले विजेता डिलरलाई दियो नेक्सन इभी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२७:oo

पेन्ट कम्पनी एसियन पेन्ट्सले आफ्नो आरोहण डिलर सेल्स प्रतियोगिता दुबईमा विशेष कार्यक्रम गर्दै सम्पन्न गरेको छ । एक सय ७० डिलरहरूको सहभागिता रहेको कार्यक्रममा आफ्नो अद्भुत प्रदर्शनमार्फत सम्मान र पुरस्कार प्राप्त गर्ने योग्य विजेतालाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको लक्की ड्रमा महोत्तरी, गौशालाको गुप्ता ट्रेडर्सले टाटा नेक्सन इभी एक्सजेडप्लस गाडी जितेको जनाइएको छ । उक्त गाडी एसियन पेन्ट्स नेपाल प्रालिका कन्ट्री डिरेक्टर जी गोपालकृष्णनले डिलरको परिसरमा विजेता ट्रेडर्सलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कन्ट्री डिरेकटर गोपालकृष्णनले भने, ‘हाम्रो एक्सक्लुसिभ रिटेलर स्टोर गुप्ता ट्रेडर्सलाई ग्रान्ड लक्की ड्र पुरस्कार प्रदान गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ र आरोहण कार्यक्रममा सहयोग गर्नुभएका सबै सहभागी डिलरहरूप्रति आभार व्यक्त गर्दछौँ । हाम्रा डिलरहरूसँग थप संलग्न हुन र सबैलाई चाडपर्वको अग्रिम शुभकामना दिन चाहन्छौँ ।’ 

तीन महिनासम्म चलेको आरोहण डिलर सेल्स प्रतियोगितामा देशभरका एसियन पेन्ट्सका डिलरहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । योजनाले एसियन पेन्ट्सको वृद्धि र बजारमा उपस्थिति राख्नमा अटल सहयोग र उत्कृष्ट योगदानका लागि डिलरहरूलाई मान्यता र पुरस्कृत गरिएको जनाइएको छ । 

ad
ad