मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १४ बिहीबार
  • Monday, 16 December, 2024
सौरभ यादव राजविराज
२o८o असार १४ बिहीबार १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फरक स्वरूपमा जातीय विभेद कायमै : आयोग

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार १३:२३:oo

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संविधानले जातीय विभेद र छुवाछुतलाई निषेध गरे पनि समाजमा त्यस्तो विभेद अझै व्याप्त रहेको बताएका छन्।

राष्ट्रिय दलित आयोग र नेपाल पिसबिल्डिङ इनिसिएटिभ (एनपिआई)ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। दलित समुदायका व्यक्तिहरूमाथि कुनै न कुनै रूपको विभेद निरन्तर रहेको, नागरिकताबाट वञ्चित हुनुपरेको र उनीहरूका बालबालिका जन्मदर्ताबाट समेत वञ्चित रहनुपरेको उनको भनाइ छ।

‘जातकै आधारमा भेदभाव, छुवाछुत, हत्या, बलात्कार, कुटपिट, बहिष्करणलगायतका कार्य अझै भइरहेको छ। त्यसमाथि जन्मदर्ता, नागरिकता नपाउँदा अन्य सबैखाले मौलिक हकबाट दलितहरू वञ्चित रहनुपरेको छ,’ उनले भने।