१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अब हिमाका एकल पुरुषलाई विदुर भत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:५३:oo

जुम्लाको हिमा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा (विदुर) भत्ता दिने भएको छ। आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा हिमा गाउँपालिकाले याे कार्यक्रम ल्याएको छ।

जुम्लाका आठ स्थानीय तहमध्ये नयाँ नीति तथा कार्यक्रमका रूपमा एकल पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याएको अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए।

आगामी आर्थिक वर्ष ०८०/८१ मा कार्यान्वयन हुने गरी एकल पुरुषलाई पनि विदुर भत्ता दिने नीति ल्याएको बताउँदै उनले भने, ‘५० वर्षमाथि र ५९ वर्षमुनिका एकल पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति लिएको हो। यो कार्यक्रमले एकल पुरुषलाई राहत महसुस हुने भएको छ।’

यस्तै, गुठीचौर गाउँपालिकाका पहिलो स्थानीय तहको निर्वाचनमा (२०७४) का जनप्रतिनिधिले यस्तो किसिमको एकल विदुर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति लिए पनि कार्यान्वयनमा भने आउन सकेको थिएन। गुठीचौर गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ मा यस्तो नीति लिएको थियो।   
 

ad
ad